भूकम्प प्रभावित क्षेत्रमा जाजरकोटको केही गाउँमा झाडापखालाको सङ्क्रमण

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २८ मङ्सिर । भूकम्प प्रभावित क्षेत्रमा जाजरकोटको केही गाउँमा झाडापखालाको सङ्क्रमण देखा परेकाे छ । जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ ।

उपचारका लागि सम्बन्धित निकायमा खबर गर्दा पनि अहिलेसम्म कोही नपुगेका र बिरामी त्रिपालमै रहेका वडासदस्य विकले बताउनुभयो ।

मङ्सिर महिना सकिन लाग्दा पनि भूकम्प प्रभावित क्षेत्रमा आधा पनि अस्थायी आवासहरू बन्न सकिरहेका छैनन् । जसका कारण अझै पनि कति महिना भूकम्प प्रभावितहरू त्रिपालमै बस्नुपर्ने हो कुनै ठेगान छैन ।

राजनीतिक दलहरूले भोलेन्टियरका रूपमा नेता, कायकर्तालाई खटाएर केही रूपमा अस्थायी आवास निर्माण गरिए पनि आवश्यक सामाग्री अभावमा ती मध्ये पनि आधा अपूर्ण छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्