मङ्सिर महिना सकिन लाग्दा पनि भूकम्प प्रभावित क्षेत्रमा आधा पनि अस्थायी आवासहरू बन्न सकिरहेका छैनन् । जसका कारण अझै पनि कति महिना भूकम्प प्रभावितहरू त्रिपालमै बस्नुपर्ने हो कुनै ठेगान छैन ।
राजनीतिक दलहरूले भोलेन्टियरका रूपमा नेता, कायकर्तालाई खटाएर केही रूपमा अस्थायी आवास निर्माण गरिए पनि आवश्यक सामाग्री अभावमा ती मध्ये पनि आधा अपूर्ण छन् ।
जाजरकोट भन्दा रुकुम पश्चिममा अस्थायी आवासहरू बढी निर्माण भएका छन् । जाजरकोटमा माओवादीले ३५८ वटा अस्थायी आवास निर्माण गर्दा रुकुममा ३ हजार १६८ वटा निर्माण गरेको छ ।
उक्त तथ्याङ्क माओवादी रुकुम जिल्लाले सार्वजनिक गरेको हो ।दुई जिल्ला गरी नेपाली काँग्रेसले करिब ३०० बढी आवास निर्माण गरेको आकलन नेताहरूले गरेका छन् ।
यद्यपि काँग्रेसले कति आवास निर्माण ग¥यो भन्ने वास्तविक तथ्याङ्क कसैसँग पनि छैन । दुई जिल्लामा गरी समर्ग काँग्रेसले ११ सय आवास बनाउने लक्ष्य लिएको छ ।
नेकपा एमालेले भने दुई जिल्लामा गरी ८१६ वटा अस्थायी आवास निर्माण गरेको छ भने केही विद्यालयहरूको अस्थायी आवास पनि बनाएको छ ।











