सेतीमा बेपत्ता युवकको खोजीका लागि आज बाँध खोल्ने तयारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ मंशिर । पोखरामा बेपत्ता एक युवकको खोजीका लागि आज सेती नदीको बाँध खोलिने भएको छ ।

उपचारका लागि मणिपाल भर्ना भएका १९ वर्षीय संगम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि बेपत्ता थिए।

ज्वरोसम्बन्धी उपचारका लागि उनलाई अस्पताल लगिएको थियो। मणिपालको इमर्जेन्सी वार्डमा राखिएका उनी बुवा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला अस्पतालबाट हराएका थिए।

त्यसैका आधारमा उनलाई खोज्न सेती नदीको ड्याम खोल्न लागिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्