चुनावमा गरेका घोषणाअनुसार काम नहुँदा जनता निराश छन् : गणेशप्रसाद तिमिल्सिना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २७ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानून कार्यान्वयनमा इमान्दार प्रयन्त नहुदा जनतामा निराशा छाएको बताउनुभएको छ ।

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले जिम्मेवार बहन गर्नेहरुले कानून कार्यान्वयनमा इमान्दार प्रयन्त नहुदा जनतामा निराशा छाएको बताउनुभएको हो ।

चूनावमा दलहरुले घोषणापत्रमा उल्लेख गरेका कुराहरुलाई कार्यान्वयन नगर्दा पनि समस्या देखिएको उहाले बताउनुभयो । हिजोको त्यागका अनुसार जनताले नेताहरुलाई विश्वास नगर्ने भन्दै उहाले वर्तमानमा नजितामूखी काम गर्नुपर्ने जिकिर गर्नुभयो । उहाले अधिकार केन्द्रीत गर्ने भावना देखिएको भन्दै यसले सन्तुलित बिकास हुन नसक्ने बताउनुभयो ।

तिमिल्सिनाले स्थानीय र प्रदेशको बजेटको नियन्त्रण संघबाट हुदा पनि अहिले समस्या देखिएको धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्