नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज र इलामबीच प्रतिस्पर्धा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ मंसिर । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ।

खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ। अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ। ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ। 

यस्तै, वीरगञ्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ। वीरगञ्जको मात्र दुई अङ्क छ। प्रतियोगितामा हिजो झापा फुटबल क्लबले पहिलो जित निकालेको थियो। झापाले बुटवल लुम्बिनीलाई १–० गोलले पराजित गरेको हो। 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्