आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २५ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। आज अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।

उद्योगमन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको पुष्टि गर्नुभयो । थानीले राजीनामा के कति कारणले दिएको भन्ने बारे नखुलाएको मन्त्री रिजालले बताउनुभयो । थानीले स्वतन्त्र रुपमा बस्न चाहन्छुु भनेपछि आफूले राजीनामा स्वीकृत गरेको उनको भनाइ छ ।

निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिनुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्