हिमालय एयरलाइन्सको काठमाडौं–चोङकिङ–काठमाडौं उडान पुनः सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २६ मंसिर । हिमालय एयरलाइन्सले लामो समयदेखि प्रतीक्षारत काठमाडौँ–चोङकिङ–काठमाडौं उडान सेवा पुनः सुरु गरेको छ।

यो सेवा बिस्तारलाई एयरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ। 

काठमाडौं–चोङकिङ–काठमाडौँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने एयरलाइन्सको भनाइ छ। दुई सहरका बीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एयरलाइन्सको प्रतिबद्धतालाई समेत प्रतिविम्बित गरेको एयरलाइन्सको भनाइ छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्