काठमाडौं, २६ मंसिर । अष्ट्रेलिया जानका लागि अब सबै प्रकारको भिसामा समेत कडाइ शुरू गरेकाे छ ।
अष्ट्रेलियाको आप्रवासन सम्बन्धी नयाँ नीति अनुसार आप्रवासी कामदार र विद्यार्थीको संख्यामा व्यापक कटौती गर्ने भएको छ ।
अष्ट्रेलिया सरकारले २ वर्षभित्र आप्रवासीको संख्या आधा घटाउँने घोषणा गरेको छ ।नेपाली विद्यार्थीको पहिलो गन्तव्य बनेको अष्ट्रेलियाको नयाँ नीतिले त्यसको तयारीमा रहेकाहरु प्रभावित हुनेछन् ।











