काठमाडौं, २६ मङ्सिर । पाल्पामा पछिल्लो समय खेतीयोग्य जमिनको उर्वराशक्ति खस्केको एक अध्ययनले देखाएको छ ।माटोमा अम्लीयपन बढ्दै गएपछि माटोको उर्वराशक्ति खस्केको हो ।
कृषि ज्ञान केन्द्रले निरन्तर माटोको जाँच गर्दा रासायनिक मलको बढ्दो प्रयोगले माटो बिग्रँदै गएको पाइएको जनाएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा जिल्लाका १० वटै स्थानीय तहमा गरिएको नमूना परीक्षणबाट माटोमा अत्यधिक अम्लीयपन बढेको पाइएको कृषि ज्ञान केन्द्र पाल्पाका कृषि प्राविधिक लवकुस प्रसाद कुर्मीले जानकारी दिनुभयो ।











