दाङमा कुकुरले टोकेको शङ्का गरिएका दुई जना बालबालिकाको दुई दिनको अन्तरमा मृत्यु

खबर बुक
  • ख-
  • ख+

दाङ, २५ मंसिर । दाङमा मंसिरको २ गते कुकुरले टोकेको शङ्का गरिएका दुई जना बालबालिकाको दुई दिनको अन्तरमा ज्यान गएको छ।

दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अमराइका उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

स्थानीय नरेश चौधरीकी ६ वर्षीया छोरी निलमको मङ्सिर २२ गते र गिरिराज वलीका ५ वर्षीय छोरा गम्भीरको आइतबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो।

उनीहरूको हातखुट्टा तथा अनुहारमा जनावरले टोकेको घाउको खत देखिएको थियो।ती बालबालिकाले सानो खैरो कुकुरले टोकेको भने पनि कुकुर, जङ्गली ब्वाँसो या स्याल केले टोकेको पुष्टि हुन सकेको थिएन।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्