दुबई पठाइदिने भन्दै एक लाख ९५ हजार ठगी गर्ने श्रेष्ठ पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ मंसिर । वैदेशिक रोजगारीमा दुबई पठाइदिने भन्दै एक लाख ९५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ३४ वर्षीय लक्ष्मण श्रेष्ठलाई पक्राउ गरेको छ।

स्थायी घर धनकुटा चौबिसे गाउँपालिका १ भई हाल काठमाडौं बाफल बस्ने श्रेष्ठले विवेक पाटकलाई दुबई जान प्रतिव्यक्ति दुई लाख ४० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक ५० हजार रुपियाँ तलब हुन्छ भनी प्रलोभनमा पारेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले बताए।

पीडितबाट पटक–पटक गरी सो रकम लिई सम्पर्कविहीन बनेका उनलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्