इपिएस नेपालको २०२४ को कोटा २०२३ मा नै खोलिएको भन्दै युवाहरुद्धारा विरोध प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २५ मंसिर । इपिएस नेपालको २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

२०२४ सुरु हुन २० दिन बाँकी रहेको अवस्थामा २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै उनीहरुले ललितपुरको ग्वार्कोस्थीत इपिएस कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

इपिएस परिक्षा दिएर बसेका युवाहरुले सीप बिल्डिङ परिक्षामा असफल विद्यार्थीहरुले म्यानुफ्याक्चरको परिक्षामा सहभागी गराउन समेत माग गरेका छन् ।

बाँकेबाट आएका युवा प्रदीप बुढाथोकीले २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएकाले विरोध गर्न बाध्य भएको बताउनुभयो । उहाले आफुहरुको माग सुनुवाई नभएकाले अनसन लगाएतका आन्दोलन गर्ने बताउनुभयो ।

प्रदर्शनमा सहभागीहरुले युवाको रोजगारीको सुनिश्चितता गर, इपिएसको मनोमानी बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्