काठमाडौँ, २५ मङ्सिर ।जाजरकोट भूकम्पबाट ९ करोड रूपैयाँभन्दा बढीको खाद्यान्न नष्ट भएको छ।
३४ हजार ५ सय १ घरमा भण्डारण गरिएक ९ करोड २६ लाख ५८ हजा९ सय रुपैयाँबराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ।
गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट ९ हजार ७ सय ९४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
कृषि क्षेत्रमा जोडिएका अधिकांश मानिस अन्यत्र काममा पनि सम्लग्न हुनुपर्ने भएकाले भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न समस्या हुने हो कि भन्ने चिन्ता थपिएको छ।
खेतबारी लगाएको अन्नबाली भएको ठाउँमा अस्थायी टहरादेखि त्रिपाल टाँग्ने काम भएकाले खाद्यान्न उत्पादनमा कमी आएने जनाइएको छ।













