नागढुंगाबाट बरामद गरिएको २ केजी सुन प्रकरणमा एकजना चिनियाँ नागरिक पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ मंसिर । नागढुंगाबाट बरामद गरिएको २ केजी सुन प्रकरणमा प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

बरामद सुन ओसारपसारमा संलग्न देखिएपछि चिनियाँ नागरिकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता  (एसपी) रवीन्द्र रेग्मीले बताउनुभयाे ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन झिउइ छन् । बिहीबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बागमती प्रदेश–०१–०२८ च २६९७ नम्बरको स्कोर्पियो गाडीको गियर बक्स बाट सुन बरामद गरेको थियाे ।

रसुवाबाट सुन लिएर आउँदै गरेका ३ जना बिहीबार राति नै पक्राउ परेका थिए । पक्राउ पर्नेमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल छिरिङ तामाङ, २६ वर्षीय बिरु तामाङ र १९ वर्षीय सुनिल भुजेल छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्