दुई वर्षपछि सेयर बजारमा उछाल, १३ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ मंसिर । सेयर बजारमा उछाल आएको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार बजारमा दुईपटक सकारात्मक सर्किट लागेको छ । 

बजार खुलेको ५ मिनेटमै सकारात्मक सर्किट लागेको बजार पुनः खुलेलगत्तै फेरि सकारात्मक सर्किट लागेको हो । पहिलो सर्किट ब्रेकपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लागेको हो।

बजार खुलेको पहिलो ५ मिनेटमा नै ४ प्रतिशतले बढेर सर्किट लागेपछि बजार २० मिनेटको लागि बन्द भएको थियो ।सेयर बजार ६ प्रतिशत बढ्दा एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

१० प्रतिशत मूल्य बढेका कम्पनीमा रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, शुभम पावर, कालिञ्चोक दर्शन, इङ्वा हाइड्रोपावर, त्रिशूली जलविद्युत्, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर रहेकाछन्र ।

यस्नतै पाल एसबीआई बैंक, चन्द्रागिरि हिल्स, सिंगटी हाइड्रोपावर र हिमालयन ऊर्जा विकास कम्पनी रहे । यी कम्पनीको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको हो ।

त्यस्तै समता घरेलु लघुवित्त, ङादी ग्रुप, सीवाईसी लघुवित्त, हिमालयन पावर पार्टनर, आशा लघुवित्त, राधि विद्युत्, चिलिमे हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढेकाे छ ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्