काठमाडौँ, २४ मङ्सिर ।लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका-९ की देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जनाइएकाे छ ।
यस्तै १८ जना बिरामी परेका छन् । स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोजमा उनीहरू सहभागी भएका थिए ।











