काठमाडौं, मंसिर २३ । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको माधवनारायण नगरपालिका-७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित रहेका छन् ।
जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११: ४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो । अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।











