ताप्लेजुङ, २३ मंशिर ।ताप्लेजुङमा फुङलिङ नगरपालिका–६ उकालीपानीमा आगलागि हुदाँ एक घरमा पूर्ण रूपमा क्षति भएको छ।
शनिबार बिहान आगलागी हुँदा लाल बहादुर गुरूङको घरमा पूर्ण रूपमा जलेको हो ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सबै मिलेर एक घन्टामा आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिए।











