काठमाडौं, २३ मंशिर ।आलु र प्याजमा मूल्यमा कर नलाग्ने भएपछि बजारमा कारोबार शुरु भएको छ ।
हिजो आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज र स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने सूचना निकालेको थियो ।
एक विज्ञप्ति निकालेर आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा भ्याट नलाग्ने भन्दै आपूर्ति असहज बनाएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने घोषणा गर्नुभएको थियो । आलु र प्याजको भ्याट विवादले आयात र बिक्री बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् ।











