काठमाडौँ, २२ मङ्सिर । परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईका लागि सरकारले संवाद गरिरहेको बताउनुभएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाई समिति बैठकमा परराष्ट्रमन्त्री साउदले आफुले शुक्रबार नै इजरायलमा टेलिफोन गरी विपिन जोशीको पछिल्लो अवस्थाबारे जानकारी लिएको बताउनुभएको हो । आफु शनिबार दोहा फोरमममा भाग लिन कतार जान लागेको र हमाससँग सहजीकरण गरिरहेकासँग संवाद गर्ने उहाले बताउनुभयो ।
त्यस्तै मन्त्री साउदले युक्रेनमा दुईजना युद्ध बन्दी रहेको भन्दै दिल्लीस्थित दूतावबासबाट संवाद भइरहेको जानकारी दिनुभयो । उहाले रुसले पनि नेपालीहरुको अवस्था बारे नेपाल सरकारसंग संवाद गरेको र रुसी सेना छाडेर नेपाल आउन चाहनेलाई नेपाल सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।
उहाले रुसलाई आफ्नो सेनामा नेपाली नागरिकलाई भर्ती नगर्न र भर्ती भएकालाई नेपाल फर्काउन आग्रह गरेको पनि जानकारी दिनुभयो ।











