पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ३५० जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

गाजा, २२ मंंसिर । पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट गाजाका ३५० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले गाजा क्षेत्रमा ट्याङ्कसहित सशस्त्र वाहनहरू पुनः तैनाथ गर्दै थप हवाई आक्रमणहरू गरिरहेका छन् ।  

गाजा सहरको पूर्वी र दक्षिणी तर्फ पनि भारी हवाई आक्रमण भइरहेको छ। पछिल्लो २४ घण्टामा घरमा भएको हवाई आक्रमणमा करिब ३५० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले गाजा स्ट्रिपमा ४५० वटा आक्रमण गरेको छ र त्यो आवासीय क्षेत्र रहेका छन् । 

इजरायलको आक्रमणबाट गाजा पट्टीमा अधिक र अधिक आवासीय घरहरूलाई लक्षित भएको छ भने विद्यालय, अस्पताल, पसलहरू र बजारहरू पूर्ण रूपमा ध्वस्त भइरहेका छन्। ।
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्