बलिउड अभिनेता जुनियर महमूदको ६७ वर्षको उमेरमा निधन

खबर बुक
  • ख-
  • ख+

बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ ।

चौथो चरणको पेटको क्यान्सरबाट पीडित महमूदको उपचारका क्रममा ६७ वर्षको उमेरमा गएराति निधन भएको हो । उनी मुम्बईको परेलस्थित टाटा मेमोरियल अस्पतालमा उपचाररत् थिए ।

महमूदका छोरा हसनेनले बुवाको निधनबारे पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेता महमूदले हाथी मेरे साथी, मेरा नाम जोकर, हरे राम, हरे कृष्णलगायतका चर्चित फिल्ममा अभिनय गरेका थिए । उनले अभिनय गरेको हरे राम, हरे कृष्ण फिल्म नेपालमा पनि छायाँकन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्