हेटौँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाकाे मृत्यु , एक घाइते

खबर बुक
  • ख-
  • ख+

मकवानपुर, २२ मंसिर । मकवानपुरको हेटौँडा उपमहागरपालिका वडा नम्बर–१५ रातोमाटेमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना ४ ख ९५२० नम्बरको बसले ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१२ बस्ने ३२ वर्षीया निशा कुमारीको मृत्यु भएकाे हाे ।

मोटरसाइकलका चालक निशाका श्रीमान ४३ वर्षीय रोशनकुमार राय घाइते हुनुभएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो ।

घाइते रायको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ । उहाँको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्