चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-१ ले विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २१ मङ्सिर । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।म्यानचेस्टर युनाइटेडको जितमा दुवै गोल स्कट म्याक टोमिनीले गरेका थिए । उनले खेलको १९औं र ६९औं मिनेटमा गोल गरेका थिए ।

त्यसैगरी चेल्सीका लागि एक गोल कोल पाल्मरले गरेका थिए ।यो जितपछि म्यानचेस्टर युनाइटेडको १५ खेलमा २७ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।त्यसैगरी चेल्सीको भने यो यस सिजनमा छैटौं हार हो । १५ खेलमा १९ अंक रहेको चेल्सी अहिले लिगमा १०औं स्थानमा रहेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्