काठमाडौं, २१ मङ्सिर । दिउँसो : कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भुभागमा आंशिक देखि सामान्य बदली रहेको छ। देशको तराईका थोरै स्थानमा हुस्सु लागेको छ।











