एनसेलको शेयर खरिदबिक्री विषयमा १५ दिनभित्र यथार्थ विवरण पेश गर्न प्राधिकरणलाई अर्थ समितिकाे निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० मंसिर । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एनसेल खरिदबिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रुपमा पेश गर्न निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो ।

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी बिषयमा समितिलाई जानकारी गराउनुभएको थियो । छलफलपछि यस बिषयमा समग्र कागजात मगाउने निर्णय गरिएको सभापति चालिसले बताउनुभयो ।

मलेसियन कम्पनी आजियटाले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्