एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : प्राधिकरण अध्यक्ष खनाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० मंसिर । टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर किनबेच सम्बन्धमा छानबिन हुने बताएका छन् । 

बुधबार संसदको लेखा समिति बैठकमा अध्यक्ष खनालले एनसेलको सेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद रहेकाले छानबिन हुने बताएका हुन् । 

एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको आफूले जवाफ पाएको भन्दै उनले अध्ययनका लागि सहमतिको कागजातपत्र मागेको जानकारी दिए । 

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्