एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई आफूले कानुनसम्बन्ध तरिकाबाट सेयर खरिद-बिक्री गरेको जवाफ दिएको छ।
काठमाडौं। एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई आफूले कानुनसम्बन्ध तरिकाबाट सेयर खरिद-बिक्री गरेको जवाफ दिएको छ।
नियामकको स्वीकृतिबेगर एनसेलको माउ कम्पनी आजियाटा ग्रुपले आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो। यसपछि प्राधिकरणले एनसेलसँग जवाफ मागेको थियो।
उक्त पत्रको जवाफ पठाउँदै एनसेलले आफूले प्रचलित कानुनबमोजिम सेयर खरिद-बिक्री गरेको जवाफ दिएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।
खनालले एनसेलले पत्रमार्फत आफू नेपालको प्रचलित कानुन परिपालनाका लागि प्रतिबद्ध रहेको जानकारी गराएको पनि उल्लेख गरे।













