एनसेलको शेयर खरिद बिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  , १९ मंसिर  । एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

मंगलवार एनसेल कार्यालय अगाडि नेकपा ९एमाले० को विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर, नो ट्याक्स, नो सिम, रिजेक्ट एनसेल, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, ट्याक्स चिटिङ इज अ क्राइम लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्ना मागहरु पूरा नभए एनसेलका गाडीहरु समेत चल्न नदिने चेतावनी दिएका छन् । एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्