प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

खबर बुक
  • ख-
  • ख+

महाेत्तरी, १९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी पुगेका छन् ।

पार्टीकाे ३ महिने रुपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समिक्षा गर्न महोत्तरी आईपुगेका माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।

अहिले महोत्तरीको बर्दिवास स्थित माइस्थान पंचधुरा पाटी प्यालेसमा केन्द्रिय सदस्यहरुसगँ बैठक पारम्भ भएको छ ।

बैठकवाट नै रुपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै जिल्लाका इन्चार्जहरुसगँ रिपोर्टिङ लिने कार्यक्रम रहेको पोलिटव्युरो सदस्य राजु खडकाले जानकारी दिए ।

यसपछी प्रधानमन्त्री  प्रचण्ड महोत्तरी कै गौशाला नगरपालिकामा पुग्ने छन । गौशालाको एक हलमा सहभागी भएका झण्डै १८ सय कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

केही भेटघाट वाहेक प्रधानमन्त्री प्रचण्ड नितान्त पाटीको छलफल र समिक्षामा मात्र सहभागी हुने कार्यक्रम रहेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्