नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका चार जनालाई सम्पत्ती शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तारिखमा छोडेको छ ।
उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएका नरेन्द्र केसी, आशिष बुढाथोकी, हरिभक्त महर्जन, शमशेर मियालाई सोमबार प्रहरीले सम्पत्ति शुद्धिकरण विभाग र अख्तिायारमा बुझाएकोमा दुवैले तारिखमा छोडेको हो ।
गत मंसिर १५ गते उच्च अदालत पाटनले १० प्रतिवादीलाई धरौटी र साधारण तारिखमा छोड्न आदेश दिएको थियो । धरौटीमा रिहा गर्न आदेश दिएका नरेन्द्र केसी, आशिष बुढाथोकी, हरिभक्त महर्जन, शमेशर मिँयाले अदालतले मागे बमोजिम धरौटी बुझाए लगत्तै सम्पत्ती शुद्धिकरण र अख्यिातारमा मुद्दा परेका कारण प्रहरीले सम्पत्ती शुद्धिकरण विभागमा बुझाएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये हरिभक्त महर्जनलाई १५ लाख, शमशेर मियालाई १० लाख, नरेन्द्र केसीलाई १० लाख धरौटी माग गरिएको थियो भने तीमध्ये आशिष बुढाथोकीलाई साधारण मुद्दामा छाड्न अदालतले आदेश दिएको थियो ।
यसैगरी सोही प्रकरणमा पक्राउ परेका पुर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी भने सोमबार मात्रै धरौटी रकम बुझाएका छन् भने कारागार प्रशासनले सम्पत्ती शुद्धिकरण विभाग र त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान विभागमा बुझाइने भएको छ ।
धरौटीमा रिहा गरिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले भने अदालतले तोके बमोजिम १५ लाख धरौटी बुझाउन नसकेका कारण कारागारमा नै रहेका छन् ।











