काठमाडौं , १८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराइने घोषणा गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणमा रकम थोरै भएको गुनासो आइरहेको सन्दर्भमा सरकारले एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने बताए ।
अस्थायी आवास बनाउन समस्या भएकाहरुको हकमा प्रहरी र सेनाले आवास बनाउनका लागि सहयोग गर्ने पनि उनले प्रस्ट पारे ।











