एटलेटिकोमाथि बार्सिलोना १-० ले विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १८ मङ्सिर । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको २८औं मिनेटमा जोआओ फेलिक्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बार्सिलोनाको १५ खेलमा ३४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी एटलेटिको म्याड्रिडको भने १४ खेलमा ३१ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्