त्रिभुवन विमानस्थलमा यात्रुकाे ह्यान्डब्यागमा रहेकाे पावर बैंक पड्किँदा आगाे लाग्याे

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, मंसिर १७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चीन जान लागेका एक यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ ।

प्रतीक्षालयमा बसिरहेकी एक चिनियाँ यात्रुको ह्यान्डब्यागमा आज आगाे लागो लागेको हो ।

उनी जान लागेको विमान एअर चाइनाकाे उडान हुनै लाग्दा बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अघि प्रतीक्षालयमा बसिरहेकी उनको पावर बैंक शर्ट भएर पड्किँदा ह्यान्डब्यागमा आगो लागेको विमानस्थलका प्रवक्ता सुभाष साहले बताउनुभयो । यात्रुको ह्यान्डब्यागमा लागेकाे आगो तत्काल निभाइएको प्रवक्ता साहले बताउनुभयाे ।

ती यात्रुले पिठिउँमा ह्यान्डब्याग बोकेकी थिइन् । ह्यान्डब्यागभित्र रहेकाे पावर बैंकमा जोडेर आइप्याड चलाइरहेको बेला पड्किएर आगो लागेको हो । उनी सुरक्षित रहेको विमानस्थलले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्