१७ मंसिर, चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्किएर छर्राले लाग्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की छन् ।
उनी आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो ।











