नक्कली भुटानी शरणार्थी प्रकरणः को कति धरौटीमा छुटे ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ मङ्सिर। उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाएर पक्राउ गरिएकामध्ये करिब आधालाई साधारण तारेख तथा धरौटीमा छाड्न आदेश गरेको छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले पक्राउ परेकामध्ये ३ जनालाई मात्र धरौटीमा छाडेको थियो भने १८ जनालाई थुनामा पठाएको थियो ।

जिल्लाले धरौटी मागेका केशव तुलाधर, लक्ष्मी महर्जन र टंक गुरुङलाई उच्च अदालतले साधारण तारेखमा छाड्ने आदेश गरेको छ । थुनामा पठाइएका आशिष बुढाथोकीलाई पनि साधारण तारेखमा छाड्ने उच्चबाट आदेश भएको छ ।

अदालतले नरेन्द्र केसीलाई १० लाख, शमशेर मियाँलाई १० लाख, हरिभक्त महर्जनलाई १५ लाख, टेकनाथ रिजाललाई १५ लाख र सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । यस्तै रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटी मागिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्