खोटाङमा दलहरूलाई मनोनयन दर्ताको चटारो

खबर बुक
  • ख-
  • ख+

खोटाङ, २३ असोज । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि खोटाङका दलहरूलाई मनोनयन दर्ताको चटारो लागेको छ ।

एमालेका उम्मेदवारले आइतबार दिउँसो १ बजे मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । गठबन्धनका उम्मेद्वारले मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसमक्ष दिउँसो ३ बजेको समय माग गरेका छन्।

गठनबन्धनको निर्णयविरुद्ध असन्तुष्ट कांग्रेस नेताले पनि छुट्टै मनोनयन दर्ताको तयारी गरेका छन् । मनोनयन दर्ताका लागि नेता तथा कार्यकर्ताको उपस्थितिले दिक्तेल बजारमा चहलपहल बढेको छ ।

एमालेले प्रतिनिधिसभा सदस्यमा विशाल भट्टराई, प्रदेश सभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेश सभा ‘ख’मा रामप्रसाद दंगाललाई टिकट दिएको छ । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राईले टिकट पाएका छन् । यस्तै, गठबन्धनबाट प्रदेश सभा ‘क’मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेश सभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले टिकट पाएका छन् ।

यद्यपि, गठबन्धनको निर्णयप्रति असहमति जनाउँदै असन्तुष्ट कांग्रेसले प्रतिनिधिसभा र दुवै प्रदेश सभामा आफ्नै उम्मेदवार उठाउने जनाएको छ । जिल्ला कार्यसमितिको बैठक बसेर संघ र दुई प्रदेशमा आफ्नै उम्मेदवार उठाउने तयारी गरिएको कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्