आज पनि बडादशैंको टीका लगाउने क्रम जारी

खबर बुक
  • ख-
  • ख+

असोज २२, काठमाडौं । आज पनि बडादशैंको टीका लगाउने क्रम आज पनि जारी छ ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन् ।

यो क्रम भोलि आइतबार पूर्णिमासम्म रहन्छ ।

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ ।

साथै दशैंको लागि काठमाडौं छोड्नेहरू फर्कन थालेपछि काठमाडौं उपत्यकाका सडकहरुमा चहलपहल सुरु भएको छ । दशैंको मुख्य दिनहरुमा यहाँका सडकहरू सुनसान भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्