महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

असोज २०, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थितमा आज  बिहानै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

नारायणगोपाल चोकबाट शितल निवासतर्फ आउँदै गरेको बा ४२ प ३३१४ नम्बरको स्कुटर बिहान सवा ३ बजे दुर्घटना हुँदा स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–४ का २० वर्षीय आनन्द गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, घाइते भएका स्कुटरमा पछाडी सवार दोलखा घर भएका २० वर्षीय सचिन तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्