काठमाडौं, असोज १९
विजया दशमीका दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टिका थाप्न जानेहरुको काठमाडौंको उपत्यकामा चहलपहल बढेको छ ।
दशैंको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरूको सडकमा चहलपहल सुरु भएको हो । काठमाडौंमा सार्वजनिक सवारी न्युन मात्रामा सञ्चालन भएपनि नीजि सवारीहरु भने धेरै नै चलेका छन् । बिजयादशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।