मासु खाँदा घाँटीमा अड्किए पछि चितवन र लमजुङमा दुइ जनाकाे मृत्यु

खबर बुक
  • ख-
  • ख+

मासु खाँदा घाँटीमा अड्किए पछि चितवनका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो।

उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

यस्तै,  मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ ।

मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्