कुटपिटबाट एकजना हत्या, ८ जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

रूपन्देही, २ असोज । तिलोत्तमा नगरपालिका-९ केवलानीस्थित एसजि रेष्टुरन्टमा दुई समूहबीच आपसी विवाद एवम् कुटपिट हुँदा मकवानपुर हेटौंडा बस्ने २५ वर्षीय सुरेश स्याङतानको सोमबार राति मृत्यु भएको छ ।

कुटपिटमा संलग्न नुवाकोट लिखु गाउँपालिका-४ बस्ने १९ वर्षीय रोमन तामाङ समेत आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद भई कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलापुर र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले सुरेश समेत ४ जना घाइतेलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा उपचारको क्रममा सुरेशको मृत्यु भएको हो । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्