कच्चा तेलको भाउ बढेर सय डलर नजिक, नेपालमा अझै बढ्ने!

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर उकालो लागेको छ। कच्चा तेलको भाउ बढेर ब्यारेलको १ सय डलर नजिक पुगेको छ।

तेल उत्पादक तथा निर्यातक मुलुकहरुको संगठन (ओपेक) र साउदी अरेबियाले उत्पादन कटौती गरेपछि विश्व बजारमा आपूर्ति कम हुन गई यसको असर मूल्यमा परेको हो।

आयल प्राइस डटकमका अनुसार विश्व बजारमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ९६.३६ डलर पुगेको छ। यो मुर्बान क्रुडमा कारोबार भएको मूल्य हो। यस्तै ब्रेन्ट क्रुडमा ब्यारेलको ९५.१३ र डब्लयुटिआई क्रुडमा ९२.५२ डलरमा कच्चा तेल कारोबार भएको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ब्यारेलको ९० देखि १ सय डलरको बीचमा छ।

गत जुलाइमा ७० देखि ७५ डलरमा कारोबार हुँदै आएको कच्चा तेलको मूल्य पछिल्लो महिनामा बढ्दै गएको हो। कच्चा तेलको भाउ बढेर ब्यारेलको १ सय डलर पार गर्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले मूल्यवृद्धिका बाबजुद विश्वका तेल कम्पनी घाटामा गएको र चौथो त्रैमाशमा उनीहरुको घाटा अझै गहिरो हुने चेतावनी दिएको छ।

घाटा अझै गहिरो हुन सक्छ, तर यसले पहिले नै ऊर्जा उपभोक्ताहरूलाई अझै पीडा हुनसक्ने देखिएको छ। विश्लेषकका अनुसार साउदी अरबलाई आफ्नो महत्वाकांक्षी भिजन २०३० लाई समर्थन गर्न तेलको मूल्य प्रतिब्यारेल न्यूनतम् ९० डलरमा चाहिन्छ।

उच्च मूल्यले माग कमजोर पार्न सक्छ र ओपेक सदस्यले नचाहेको रिबाउन्ड गर्न सक्छन। तै पनि मूल्य धेरै माथि पुगे यसले तेलको माग घटाउन थाल्ने छ। किनभने साउदी अरबले अहिले जानाजान तेल उत्पादन कटौती गरिरहेको छ।

ओपेकले तेल उत्पादन कटौती जारी राखे यसको असर विश्वबजारमा पर्ने देखिन्छ। यसको मतलब यो वर्ष अन्त्यअघि नै फेरि विश्वबजारमा कच्चा तेलको भाउ आकासिएर ब्यारेलको १ सय डलर पुग्न सक्छ।

ओपेक र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी दुवैले सन् २०२३ को वार्षिक माग वृद्धि गति दैनिक २० लाख ब्यारेलभन्दा बढी हुने अनुमान गरेका छन्।

ओपेक र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी दुवैले सन् २०२३ को वार्षिक माग वृद्धि गति दैनिक २० लाख ब्यारेलभन्दा बढी हुने अनुमान गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ उकाले लागेकाले नेपालीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भार बोक्नु पर्ने अवस्था आएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाइसकेको छ।

निगमले गत शनिबार दिउँसो १ बजेदेखि लागू हुने गरी पेट्रोलमा १ र मट्टीतेलर डिजेलमा ३ रुपैयाँ बढाएको छ। योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८३ रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७३ रुपैयाँ पर्ने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्