विभिन्न देशका मुद्रासहित एकजना पक्राउ

खबर बुक
  • ख-
  • ख+

मकवानपुर, १ असाेज । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विभिन्न देशका मुद्रासहित भारत विहार पूर्वी चम्पारन पलङवा थाना पसौना-९ बस्ने ४० वर्षीय रम्भु दासलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ३६४ नम्बरको माईक्रो गाडीलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार दासको साथबाट युरो ४ हजार, जापानी येन १३ लाख ३० हजार र साउदी रियाल १६ हजार ३ सय १५ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्