‘एक भगवत् गीता’ले आजै सेन्सर सिफारिस पाउने

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, २४ भदौ  ।  फिल्म ‘एक भगवत् गीता’ ले सेन्सर सिफारिस पाउने भएको छ । चलचित्र विकास बोर्डले फिल्मलाई आज सेन्सर सिफारिस दिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए ।

सेन्सर सिफरिसका लागि नामको अगाडि एक र बीचमा ड्यास समेत राखेर निर्माण युनिटले नाम सच्याएको बुढाथोकीको भनाइ छ । निर्माण टिमले फिल्मको नामको अगाडि एक र बीचमा ड्यास् राख्ने बताएपछि धार्मिक संघ संस्थाहरु फिल्म रिलिज गर्न दिने सहमतिमा जुटेको बताइन्छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्