पशुपति खनाल र दीपक संगम बिसीको ‘अंगुलि बान्याको’ बोलको देउडा गीत सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ भदौ ।  पछिल्लो समयकी चर्चित गायिका पशुपति खनाल र दीपक संगम बिसीको ‘अंगुलि बान्याको’ बोलको देउडा गीत सार्वजनिक भएको छ । पहिलो पटक यस गीतबाट शब्द र लय दिएर उदाएका बिसीको गीतको एरेन्ज तथा मिक्सिङ पवन रानाभाटले गरेका हुन् ।
गायिका खनालले यसअघि ‘सँगै लैजा मलाई’, ‘मेरा केशु लणा’ जस्ता देउडा गीत गाएर चर्चामा आइसकेकी छन् ।
माया प्रेम र बिछोडको भाव समेटेर बनाइएको कथावस्तुमा सन्तोष जैसी र सुस्मिता कुँवरलाई भिडियोमा फिचरमा देख्न सकिन्छ ।  माया गरेर पनि जातीयताका कारण एकअर्काको हुन नसकेको कुरालाई भिडियोमा देखाइएको छ ।
जिबि आग्रीको निर्देशनमा तयार गरिएको गीतको भिडियोको इडिट तथा कलरिङ टेकेन्द्र शाहले गरेका हुन् भने लाईमलाइट नेपालले पोष्ट प्रोडक्सन गरेको हो ।
फाइन ट्युन स्टुडियोमा रेकर्ड गरिएको गीतलाई पशुपति खनाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्