देकोमिबा इतापाके जग्गा एकीकरण आयोजनाका कारण कसैलाई पनि अन्याय हुन नदिने मन्त्री चौधरी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १२

शहरी विकासमन्त्री मेटमणि चौधरीले भक्तपुर नगरपालिकाले गरिरहेको देकोमिबा इतापाके जग्गा एकीकरण आयोजनाका कारण कसैलाई पनि अन्याय हुन नदिने स्पष्ट पार्नुभएको छ ।

बिहिवार देको मिबा इतापाके जग्गा एकीकरण आयोजना पीडित संघर्ष समितिले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले आयोजनाका कारण धेरै स्थानीयहरु पीडित भएको गुनासो आएको भन्दै अन्यायमा परेकालाई मन्त्रालयले न्याय दिने प्रतिवद्धता जनाउनुभयो । जनतालाई अन्याय गरि आयोजना अघि बढाए खारेज गर्न समेत मन्त्रालय पछि नपर्ने उहाको भनाई छ । उहाले मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनबारे बुझेर नगरपालिकाको सो आयोजनाबारे स्पष्टीकरण समेत धारणा राख्नुभयो ।

कार्यक्रममा संघर्ष समितिका पदाधिकारीहरुले आयोजनाका कारण आफुहरु पीडित हुदा पनि कसैले सुनुवाई नगरेको गुनासो गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्