महिला विश्व कप : जापानले जाम्बियालाई ५ गोलले हरायो

खबर बुक
  • ख-
  • ख
  • ख+

 फिफा महिला विश्व कप फुटबलमा जापानले जाम्बियालाई हराएको छ । न्युजिल्यान्डको ह्यामिल्टनमा भएको खेलमा जापानले जाम्बियालाई ५–० गोलले हराएको हो ।

उसका लागि हिनाता मियाजावाले दुई गोल गरिन् । जाम्बियाकी मुसुन्डाले राताे कार्ड पाइन् ।

मिना तानाका, जुन इन्डो र रिकाे उएकीले एक/एक गोल गरेपछि समूह ‘सी’ मा रहेको जापानले तीन अङ्क जोडेको छ ।  कोस्टारिका र स्पेन पनि यसै समूहमा रहेका छन् ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्