काठमाडौं, साउन ५ । अधिकार सम्पन्न बागमती सभ्यता र गोकर्णेश्वर नगरपालिकाको पहलमा बागमती किनार दायाँबायाँ ब्युटीफिकेशनको कार्य सम्पन्न भए पश्चात आफ्नो क्षेत्रभित्र पर्ने बागमती नदी किनार रेखदेख, व्यवस्थापन , संरक्षण गर्ने अधिकार नगरपालिकालाई दिनु पर्ने भन्ने आग्रह पछि सो प्रस्तावलाई स्वीकार गरी अब नगरपालिकाले यसको संरक्षण र रेखदेख गर्ने भएको छ ।
नदीको दायाँबायाँ करिडोर गुहेश्वरी देखि गोकर्ण ब्यारेज सम्म लगभग ६ हजार मिटरमा नगरपालिकाले ४ हजार भन्दा बढी रुख बिरुवा, आकर्षक फूलहरूको बिरुवा रोपी हरियाली बनाउने कार्यक्रम अगाडि बढाउने जनाएको छ।
साथै अन्य कोही इच्छुक संघ संस्था, विद्यालय , हस्पिटल, कलेज तथा बैंकले हामी हरियाली बनाउने उद्धेश्यले बोटबिरुवा रोप्छु भन्ने प्रस्ताव आएको खण्डमा नगरपालिकाले स्वीकार गरि १०० मीटर बराबरको स्थान उपलब्ध गराइने नगरप्रमुख दिपक रिसालले जानकारी दिनुभएको छ











