काठमाडौं, ३० असार । ठमेलकाे नाइट क्लब सञ्चालक र बाउन्सरमाथि कुटपिट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका ३३ वर्षीया युवराज गुरुङ (सानुभाइ), टोखा नगरपालिका १० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या ५ का २९ वर्षीय कमल तामाङ रहेकाे जनाइएकाे छ ।











